नेकपा (एस)का मन्त्रीहरूलाई माधव नेपालले बोलाए - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

नेकपा (एस)का मन्त्रीहरूलाई माधव नेपालले बोलाए



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई निर्देशन दिने भएका छन् । जनपक्षीय काम गर्नका लागि निर्देशन दिनकै लागी नेता नेपालले मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएका छन् ।

अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टीको केन्द्रीय कार्यालयम बोलाएको बताइएको छ । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए ।

शनिबार अध्यक्ष नेपालले एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा गलत काम गरेको खण्डमा मन्त्रीबाट तत्काल हटाइने घोषणा गरेका थिए । त्यसमा थप निर्देशन दिन आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको बताइएको छ ।

वर्तमान सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।