माधव नेपालको आरोप: केपी ओलीले अर्बौं लुटेका छन् - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

माधव नेपालको आरोप: केपी ओलीले अर्बौं लुटेका छन्



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको आरोप लगाएका छन् ।

उनले आफूले बनाएको पार्टी संरचना र अर्बौंको सम्पति एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुटेर लगेपछि आफ्नो मन पोलेको बताएका हुन् ।

समाजवादी प्रेस संगठन नेपाल बाँकेले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘पार्टी कामलाई व्यवस्थित गर्न कार्यालय चाहिन्छ सबै बन्दोबस्तो गर्नुपर्छ विभिन्न कमिटीले गरिरहेका छन्,’ उनले भने, ‘हिजो हामीले यत्रो त्याग र संघर्षले तयार गरेको संरचना, भवन र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्छ।’

उनले आफूले २०३२ सालदेखि हिजोसम्म आइपुग्दा नेकपा एमाले बनाएर हिँडेको स्मरण गर्दै आज विद्रोह गर्नुपर्ने स्थिति आएको बताए ।

‘सन्तानजस्तै पार्टी जन्माउने म । सन्तान नै अर्काले कब्जा गरिदिएपछि के गर्ने? कम्युनिष्ट पार्टी जोगाउन र आन्दोलन जोगाउनका लागि विद्रोह गर्नुपर्‍यो,’ उनले भने।