माधवकुमार नेपालको स्वास्थ्यमा समस्या - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

माधवकुमार नेपालको स्वास्थ्यमा समस्या



काठमाडौं- नेकपा (एमाले)का नेता माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । उनी डाक्टरको सल्लाहमा घरंमै आराम गरिरहेका छन् ।

यसैबीच नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । शनिबार नेपाल निवास कोटेश्वर पुगी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै प्रचण्डले स्वास्थ्यलाभको कामना पनि गरेको जनाइएको छ ।

नेता नेपाल केही दिनयता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहानुसार घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्य समस्याका कारण दुई नेताबीच आज संक्षिप्त भेट भएको भन्दै अरु विषयमा कुरा नभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले स्पष्ट पारेका छन् ।