माधव नेपालले भने: ओली बालकोट जाउ र महेश बस्नेतको पुजा गरेर बस - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

माधव नेपालले भने: ओली बालकोट जाउ र महेश बस्नेतको पुजा गरेर बस



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार छोडेर बालकोट जान सुझाव दिएका छन्।

शुक्रबार बिहान ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा नेता नेपालले ओलीलाई बालकोटमै गएर त्यहीं वरिपरि पूजा गर्ने महेश बस्नेत प्रवृत्तिलाई लिएर पार्टी बनाउनसमेत आग्रह समेत गरे ।

नेता नेपालले भने, ‘अध्यक्ष नेपालले भने, ‘कसैलाई जान मन छ भने गए हुन्छ। बालकोटमै पुजा गरेर बसे हुन्छ। पार्टी बनाउने भए नीति प्रधान हुनु पर्छ।’ उनले अगाडी भने, ‘नेकपाको मात्र मामिला रहेन संसद विघटन। केपीले गरेको खुरू खुरू मानेर बस्नेवाला छैनौं।’

नेता नेपालले चक्रपथमा सेनाका बख्तरबन्द गाडीमा घुमाउँदैमा कोही नडराउने समेत बताएका छन्। उनले भने, ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन।’

उनले केही दिनअघि राति काठमाडौंको चक्रपथमा सेनाका गाडी घुमाइएको घटनालाई संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यसरी तर्साउने कोसिस नगर्न चेतावनी दिएका हुन्।