माधव नेपालले भने: यस्तो गठबन्धन हामीलाई चाहिँदैन - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

माधव नेपालले भने: यस्तो गठबन्धन हामीलाई चाहिँदैन



काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो खालको पाँच दलीय गठबन्धन आवस्यक नभएको बताएका छन् । उनले गठबन्धनबाट आफूहरू अलग हुने घोषणा समेत गरेका छन्।

एमसीसीमा पक्षमा आफ्नो पार्टीले मत हाल्न नसक्ने बताएका उनले आफूहरू बरु सरकारबाट बाहिरिने बताएका हुन्।

‘एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको छ,’ बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘यस्तो समस्यामा यो गठबन्धन रहन सक्दैन।’

एमसिसी पारित गर्नु राष्ट्रघाती कदम हुने भन्दै एमसीसीका विपक्षमा मतदान गर्ने नेकपा एसको सचिवालयले निर्णय गरेको छ।

यता नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी अनुमोदन भनए गठबन्धन अघि बढ्न नसक्ने बताएका छन्।

बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने बताइएको छ। भेटमा एमसीसी र सरकारलगायतका विषयमा छलफल हुने बताइएको छ।