माधव नेपालले गरे वैशाख ३० मा निर्वाचन नहुने संकेत
काठमाडौं- सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा स्थानीय तहको निर्वाचन नहुने संकेत गरेका छन् । निर्धारित स्थानीय तहको निर्वाचन रोकिन सक्ने भन्दै नेता नेपालले अहिलेको लागि तयारी भएपनि निर्वाचन हुने वा नहुनेमा शंका भएको बताएका छन् ।
नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार यो चुनाव घोषणाले हनन् गरेको भन्दै यसबारे अदालतबाट कुनै निर्णय आउन सक्ने संकेत गरे ।
नेपालले भने,’असोजमा चुनाव भएका मान्छेको ५ वर्ष पुगेको छैन । त्यसको जवाफ कसले दिने रु कानुनमा त्रुटी छ । उनीहरुको संवैधानिक अधिकारको हनन् भएको छ । यो चुनावले असोज महिनामा ५वर्ष पग्नेको भावनाको विपरित निर्णय गरेको छ भन्ने कुरा उठेको छ ।
सायद यसमा केही होला तरि पनि भोलि जे होला होला अहिले हामी तयारी जुटौं । वैशाख ३० गतेको तयाराीमा जुटौं । मान्छेहरु के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौं ।’