राजीनामा नदिने माधव समूहका सांसदको घोषणा - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

राजीनामा नदिने माधव समूहका सांसदको घोषणा



काठमाडौं- दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हिराचन्द्र केसीले आफूलाई जनताले ५ वर्षका लागि मत दिएको भन्दै राजीनामा नदिने घोषणा गरेका छन्।

नेपाल पक्षका केही नेताहरुले राजीनामा दिन आग्रह गरेपनि आफूले राजिनामा नदिने उनले बताए । नेता केसीले राजिनामा नदिने जवाफ फर्काएको पनि बताए ।

उनले घनश्याम भुसाल लगायतका केही नेताहरूले आफूलाई राजीनामा गरौं भन्दै फोन गरेको तर आफूले राजिनामा नदिने जवाफ फर्काएको बताए ।

सांसद केसीले कसैको स्वार्थ पूरा गर्न आफूले राजीनामाको बाटो नरोज्ने बताए । नेपाल समूहबाट राजीनामा दिने सांसदको लिष्टमा केसीको पनि नाम समावेश गरिएको थियो ।

नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिनु अगाडि नै राजीनामा दिने तयारी गरेका छन् ।