भाईले नेकपा खारेज गरिदिए, दाईले लोकसेवा आयोगको अध्यक्ष पड्काए - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

भाईले नेकपा खारेज गरिदिए, दाईले लोकसेवा आयोगको अध्यक्ष पड्काए



काठमाडौं– संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। पूर्वसचिव रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका आफ्नै दाजु भएको खुलेको छ ।

आइतबार बिहान विपक्षी दलका नेता र सभामुख बिनानै बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको हो । रेग्मीको घर प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा गौरादहमा हो ।

रेग्मी नेकपा नाम विवादको मुद्दा फैसला गर्ने कुमार रेग्मीका सहोदर दाजु हुन् । नेकपा नाम विवादको मुद्दामा माग दाबीभन्दा अगाडि बढेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता खारेज गरिदिने फैसला उनी रेग्मीले सुनाएका हुन् ।

लोक सेवा आयोगको अध्यक्षका लागि सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्ताव गरिएको थियो थियो। तर अन्तिम समयमा रेग्मीकै नाम अगाडि बढाइएको हो।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

रेग्मी लोक सेवा आयोगको अध्यक्षका नियुक्त हुने भएपछिसामाजिक संजालमा यसको चर्चा समेत भएको छ । कतिपयले नेकपाको एकता भाईले खारेज गरिदिएपछि दाजुलाई उपहारमा नियुक्त गरिएको टिप्पणी समेत गरेका छन् ।