प्रचण्ड भेट्न खुमलटार पुगे माधव नेपाल - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रचण्ड भेट्न खुमलटार पुगे माधव नेपाल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

नेपालले खुमलटार नै गएर प्रचण्डलाई भेटेका हुन्। त्यस क्रममा उनीहरूले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका जनाइएको छ। दुई नेताबीच एमसीसी, स्थानीय तहको निर्वाचन र संसद्बाबारे छलफल भएको छ।