माधव नेपालले दिए: पार्टीका सभा, सम्मेलन स्थगित गर्न निर्देशन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

माधव नेपालले दिए: पार्टीका सभा, सम्मेलन स्थगित गर्न निर्देशन



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका सभा, सम्मेलन नगर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न थालेपछि पार्टी अध्यक्ष माधव कुमार नेपालले सोमबार प्रेस विज्ञप्ति जारी गरेर सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएका हुन् ।

उनले भाैतिक रुपमा गरिने आन्तरिक बैठक तथा परिक्षण पनि स्थगित गर्न भनेका छन् ।

उनले भनेका छन्, ‘धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपराउन समेत निर्देशन गरिन्छ ।’ देशभर कोरोना भाइरस संक्रमण बढेकाले सचेत हुनु उनले आग्रह गरेका छन् ।