माधव नेपालले भने : सरकार सञ्चालन गर्ने तरिका ठिक भएन - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

माधव नेपालले भने : सरकार सञ्चालन गर्ने तरिका ठिक भएन



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकार संचालन सहि तरिकाले नभएको बताएका छन् । उनले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएकोमा चिन्ता समेत ब्यक्त गरेका थिए ।

पूर्व सांसद मञ्च नेपालको १९ आँै साधारण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दे नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए ।

न्युनतम पूर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उनले गरे । व्यवहारमा पुष्टि नहुने सिद्धान्त सहि सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता औल्याए ।

नेतृत्वले सधै विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने नेता नेपालको भनाई थियो ।

‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ । व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ’, नेता नेपालले भने ।

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्र्दभमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नुपर्ने धारणा राखे ।

‘आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ । राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने । नेपालीहरुले दुख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन’, उनले भने ।

केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।

नेता नेपालले राम्रो गर्नेलाई ईष्र्या गर्ने किसिमको ध्वंम्सात्मक दिमाग राख्न नहुने बताए ।