नेपाल समुहका पाँच सांसदले गरेनन् देउवाको पक्षमा हस्ताक्षर - Himal Post Himal Post
  • १६ माघ २०८१, बुधबार
  •      Wed Jan 29 2025
Logo

नेपाल समुहका पाँच सांसदले गरेनन् देउवाको पक्षमा हस्ताक्षर



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च जाने तयारी गरिरहेको विपक्षी गठबन्धनका लागि नेकाप एमाले नेता माधव नेपाल समुहका २१ सांसदले हस्ताक्षर गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी पेशमा नेपाल पक्षका २६ निवर्तमान सांसदले हस्ताक्षर गरेका थिए । सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधि सभाको पुर्नस्थापना गर्न माग गर्न सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गर्दा नेपाल पक्षका पाँच जनाले हस्ताक्षर गर्न बाँकी रहेको बताइएको छ ।

एमाले स्रोतका अनुसार ती पाँच जनाले हस्ताक्षर नगरेपनि उनीहरुले पहिलेको हस्ताक्षर अनुसार प्रतिबद्धता जनाउन लगाउँदै छन् । ती पाँच जनाले हस्ताक्षर नगरेपनि देउवाको पक्षमा बहुमत जुट्ने भएको छ । आज सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा विपक्ष गठबन्धन हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त रहेको छ ।