ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने नेपालको चेतावनी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने नेपालको चेतावनी



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

पार्टीका आफूनिकट नेताहरुसँग आज गोप्य छलफलमा जुटेका नेता नेपालले सरकारले सिके राउतसँग हचुवाको भरमा सम्झौता गरेको निश्कर्ष निकालेका छन् । आजको भेलामा नेता नेपालको कुरा उद्धृत गर्दै स्रोतले भन्यो,‘कोठाभित्र गर्नुपर्ने कार्यक्रम, बाहिर गरियो । त्यो पनि तामझाम गरेर गरियो । यसले पार्टी र सरकारको वजन घटाएको छ ।’

सरकारसँग सहमति गरेपछि पनि सिके राउत समूहले अहिलेसम्म आफ्ना कुनै कदम नसच्याएकोमा उनले आक्रोश पोखेका छन् । उनले भनेका थिए,‘राउत समूहले आफ्ना कुनैपनि क्रियाकलापहरु सुधारेन ।’ नेपाल समूहले यी सबै विषयमा पार्टी गम्भिर बन्नुनपर्ने अडान निकालेको छ । अब बस्ने पार्टीको बैठकमा सरकारका कदमलगायत समग्र विषयमा गम्भिर समिक्षा गर्ने नेता नेपालको तयारी छ ।