लाखौंकाे भिडमा पार्टी एकीकरण टुँडिखेलमा हुन्छ : नेता नेपाल
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते एमाले र माअाेवादीबीचकाे एकीकण निश्चित भइसकेकाे बताएका छन् । एमाले र माअाेवादी पर्वत काठमाडौं सम्पर्कमञ्चले अायाेजना गरेकाे कार्यक्रममा नेता नेपालले कम्युनिस्ट नेता लेनिनकाे जन्मदिन अर्थात अप्रिल २२ का दिन पारेर पार्टी एकीकरण गर्ने तयारीमा रहेकाे बताएका हुन् ।
उनले राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयाेजन समितिलाई बुझाइसकेकाे बताए । ‘दुई पार्टी एकीकरणका लागि लगभग तयारी पूरा भएकाे छ। कुनै अफवाह र हल्लाका पछाडि नलाग्नुस्,´ उनले भने, ‘केही प्रवाधिक विषय मात्रै मिल्न बाँकी हाे।’
उनले वैशाख ९ गते दुई पार्टीका लाखाैं नेता कार्यकर्तालाई टुँडिखेलमा हुने एकीकरणमा सहभागी हुन अाह्वान गरे । ‘पार्टीको एकीकरणकाे एेतिहासिक कार्यक्रम लाखौंकाे उपस्थितिका साथ टुँडिखेलमा हुँदैछ,’ नेता नेपालले भने, ‘कुनै अाशंका नगरी सबैलाई उपस्थित अाग्रह गर्दछु।’ कार्यक्रममा पर्वतबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएकाे थियाे ।