उत्तर कोरियाली दूतावासमा प्रमुख अतिथि माधव नेपाल - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

उत्तर कोरियाली दूतावासमा प्रमुख अतिथि माधव नेपाल



काठमाडौं । संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन् ।

काठमाडौंमा उत्तर कोरियाको दूताबास त छ तर सामान्य कूटनीतिक सम्बन्धबाहेक कोही पनि सम्पर्कमा जान चाहँदैनन् ।

नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल भने उत्तर कोरियाली तत्कालिन शासक किम इल सुङको स्मृतिसभामा प्रमुख अतिथि बनेर सोमबार दूताबास गए ।

ललितपुरको झम्सिखेलस्थित उत्तर कोरियाली दूताबासको सभाहलमा स्मृतिसभा राखिएको थियो ।

उत्तर कोरियाका तत्कालिन नेता किम इल सुङको सन् १९९४ जुलाई ८ मा निधन भएको थियो । उनी सन् १९९२ अप्रिल १५ मा जन्मिएका थिए ।

स्मृतिसभामा नेकपा बरिष्ठ नेता नेपालले सुङले उत्तर कोरिया निर्माणमा खेलेको भूमिकाको चर्चा गरेका थिए । उनले उत्तर कोरिया र नेपालको सम्बन्ध एवं इतिहासबारे आफ्नो धारणा राखेका थिए । अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।