माधव नेपाल पाँच बजे अघि नबोल्ने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

माधव नेपाल पाँच बजे अघि नबोल्ने



काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पाँच बजे अगाडी नबोल्ने बताएका छन् । नेता नेपालले एमसीसीबारे बिहीबार साँझमात्र निर्णयमा पुग्ने बताए।

बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताएका हुन्।

सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भन्ने राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ।’

सत्तारुढ गठबन्धनको बिहीबार ५ बजे बैठक बस्दै छ।