‘भीम रावल, घनश्याम कति बस्छौ लाछी भइ बार्दलीको दासी बनेर…’ - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

‘भीम रावल, घनश्याम कति बस्छौ लाछी भइ बार्दलीको दासी बनेर…’



काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भीम रावल र घनश्याम भुसालमाथि बनाइएको गीतमा चमचामी नाचेका छन् । एकीकृत समाजवादीनिकट पत्रकार संगठनको एउटा कार्यक्रममा नेकपा एमालेमा रहेका असन्तुष्ट नेताहरूलाई प्यारोडीमार्फत घोचपेच गरिएको छ ।

एमाले अध्यक्ष केपी ओलीविरोधी नेताहरू भीम रावल र घनश्याम भुसाललाई तारो बनाइएको प्यारोडी गीतमा नेकपा एसका अध्यक्ष माधव नेपाल पनि रमाएर नाचे ।

समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठक उद्घाटन कार्यक्रममा नेपाल प्रमुख अतिथि थिए । कार्यक्रमका बीच कलाकारले प्यारोडी गीत गाएका थिए ।

जेबी टुहुरेको चर्चित जनवादी गीत ‘आमा दिदी बहिनी हो…’ माथि बनाइएको प्यारोडीको बोल थियो, ‘भीम रावल, घनश्याम कति बस्छौ लाछी भइ बार्दलीको दासी बनेर…’

कलाकारले गीत प्रस्तुत गरिरहँदा नाचिरहेकी एक युवतीले आफ्नै आसनमा बसेर रमाइरहेका अध्यक्ष नेपालसहितका नेताहरूलाई तानेर अगाडि ल्याइन् ।

नेपाल मुस्कुराउँदै आए र थपडी बजाउँदै कलाकारको गीतमा साथ दिए । एकछिनमा युवतीले हातै समातेर नचाएकी थिइन् ।