माधव नेपालले भने: एमसीसीबारे छलफल गरौँ - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

माधव नेपालले भने: एमसीसीबारे छलफल गरौँ



राँझा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।

“एमसीसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ,” अध्यक्ष नेपालले भने, “सबै पार्टीको विचार आउनुपर्‍यो ।”

उनले सत्ता गठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने जिकिर गरे । रासस