माधव नेपाललाई एमालेमा कुनै ठाउँ नदिने ओलीको घोषणा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

माधव नेपाललाई एमालेमा कुनै ठाउँ नदिने ओलीको घोषणा



काठमाडौं- निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरेका छन् ।

उनले बालकोटमा कार्यकर्तालाई माधव नेपाललाई एमालेमा कुनैपनि स्थान नभएको घोषणा गरेका हुन्। बालुवाटार छाडेर निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपालका पछाडि लाग्ने केही व्यक्तिहरूले कमीकमीजोरी महशुस गरेर काम गर्न चाहेमा मात्रै पार्टी ठाउँ दिने उनको भनाइ छ।

उनले भने, ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’