माधव समूहको अखिल फोर्सको बृहत् भेला आज - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

माधव समूहको अखिल फोर्सको बृहत् भेला आज



काठमाडौं- नेकपा एमाले माधव नेपाल समूहले अखिल फोर्सको भेला गर्ने भएको छ । शनिबार काठमाडौंमा अखिल फोर्सको बृहत् भेला आयोजना गरेको छ ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दिउँसो १२ बजे हुने भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथि रहने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली पक्षले युथ फोर्स गठन गरेपछि अखिल फोर्स गठन गरेको नेपाल पक्षले आज त्यसको राष्ट्रिय भेला गर्न लागेको हो।

आयोजक अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले जनाए अनुसार कार्यक्रमको भव्य तयारी भैरहेको छ ।