बालुवाटार किन गएनन् माधव नेपाल ? - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

बालुवाटार किन गएनन् माधव नेपाल ?



काठमाडौँ- तीन नेताबीच बालुवाटारमा छलफल हुँदा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई भने खबर नगरिएको पाइएको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बालुवाटार बैठकबारे आफ्नो पार्टीलाई जानकारी नभएको बताएका छन्।

आइतबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बैठक भएको छ।

सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी नरहेको पार्टी प्रवक्ता खतिवडाले बताएका हुन्।

‘हाम्रो पार्टीको जानकारीमा छैन, त्यही भएर माधव नेपाल नजानुभएको हो’ प्रवक्ता खतिवडाले भने।