गुल्मी दिगाम–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा माधव ज्ञवाली - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

गुल्मी दिगाम–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा माधव ज्ञवाली



बुटवल- गुल्मी दिगाम–रुपन्देही सम्पर्क समाज बुटवलको ५ औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट माधव ज्ञवालीको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ। पूर्व दिगाम निवासी हाल तिलोत्तमा नगरपालिका २ जानकीनगर निवासी ज्ञवालीको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरिएको छ ।

अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको गुल्मी दिगाम–रुपन्देही सम्पर्क समाज संस्थापक अध्यक्ष टिकाराम न्यौपानेले जनाएका छन्। ज्ञवालीको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा केशवराज पन्त, सचिव कृष्णप्रसाद न्यौपाने र कोषाध्यक्षमा लक्ष्मण पाण्डे चयन भएका छन्।

त्यस्तै सम्पर्क समाजको सदस्यहरुमा अर्जुन भण्डारी, मणि खनाल,जेदुलाल न्यौपाने, यदु भण्डारी, तिलक न्यौपाने, शालिकराम न्यौपाने, सुशीला पोखरेल, सुरज पन्थ, गोपाल कंडेल(रुक्से)रामजी भण्डारी, भुपेन्द्र पन्थ, राहुन न्यौपाने, चम्पा न्यौपाने, घनश्याम पोखरेल (मिनामकोट) लक्ष्मीराज पन्थ,हरि कंडेल रहेका छन्। एकजना सदस्य सल्लाहाकार समितिले मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष माधव ज्ञवालीलले जानकारी गराएका छन्।

जन्म थलो छोडेर बुटवल क्षेत्रलाई कर्म थलो बनाएर स्थायी वा अस्थायी रुपमा बसेर विभिन्न पेशा व्यावसाय सञ्चालन गर्नुका साथै सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य, कृषि,पर्यटन, वित्तिय लगायतका क्षेत्रमा आवद्वता भएकाहरुबीचको सहभागितामा गुल्मी दिगाम–रुपन्देही सम्पर्क समाज बुटवलको अधिवेशन भएको थियो।

जन्मथलो र कर्मथलोलाई जोड्ने र भाइचाराको सम्बन्ध बढाई सामाजिक क्षेत्रमा क्रियाशीलताका लागि गुल्मी दिगाम–रुपन्देही सम्पर्क समाज बुटवललाई सक्रिय बनाउने अध्यक्ष ज्ञवालीलले प्रतिवद्वता जनाएका छन्।