माधव नेपालको घर घेर्ने ओली समूहको तयारी: सुरक्षा व्यवस्था कडा पारियो - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

माधव नेपालको घर घेर्ने ओली समूहको तयारी: सुरक्षा व्यवस्था कडा पारियो



काठमाडौं- नेकपा एमालेको विवाद झनै चर्किने भएको छ । पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले आक्रामक भाषण गरेपछि ओली समूहका युवाहरुले वरिष्ठ नेता माधव नेपालको घर घेर्ने तयारीमा लागेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट जाँदा जुलुस निकालेका युवाहरूले नीता नेपालको घर घेर्ने योजनाका साथ तयारी गरेपछि ब्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ । ओलीलाई बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारीमा लागेका छन् ।

तर उनीहरूलाई रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ । माधव नेपालको घरतर्फ जान लागेको जत्थालाई रोक्न ठुलो संख्यामा प्रहरी खटाइएको बताइएको छ ।

पार्टीमा विवाद समाधान भएको भन्दै १० बुँदे सहमति गरेपछि पन आज बालकोटबाट ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए ।

ओली समूहका युवाहरुले नारावाजी गर्दै नेपाललाई फाँसी दिनुपर्ने बताएका थिए । ओलीको समर्थनमा जुटेका युवाहरूले चर्का नारा लगाएका थिए ।