माधव नेपाललाई कांग्रेस र माओवादीले दिए धोका - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

माधव नेपाललाई कांग्रेस र माओवादीले दिए धोका



एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् ।

सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्।

नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरूले जुन सदासयता देखाउनुपर्ने हो, त्यो नदेखाएको पाइएको छ।

ती सदस्यले गठबन्धन दलले नेकपा एसको मत लिएको तर मत नदिएको निर्वाचन परिणामबाट देखिएको बताए। उनका अनुसार गठबन्धन नेतृत्वले सिट बाँडफाँटमा देशभर नेकपा एसलाई धोका दिएको र मतदानमा पनि यसको असर देखिएको छ।

काठमाडौंको शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिकालगायतका नेकपा एसलाई गठबन्धन दलबाट धोका भएको देखिएको छ।

काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन दलबाट धोका भएको महसुस नेकपा एसले गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।