माधव समूहको बैठक सकियो: निष्कर्षमा पुग्न सकेनन् नेताहरू - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

माधव समूहको बैठक सकियो: निष्कर्षमा पुग्न सकेनन् नेताहरू



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहको स्थायी कमिटी बैठक सकिएको छ। बिहान सुरू भएको बैठक निकै लामो चलेको थियो ।

बानेश्वरस्थित क्वालिटी ब्याङ्क्विटमा बसेको बैठकमा एकता प्रक्रिया र सहमति भएका १० बुंदामा छलफल गरिएको बताइएको छ । स्थायी कमिटी सदस्य रघुजी पन्तका अनुसार एकता मजबुद बनाउने विषयमा अधिकांश नेताले धारणा राखेका थिए । यधपी कुनै ठोस निष्कर्ष भने निस्किएको छैन ।

एमालेका दुवै पक्षका सांसदहरुले एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम राख्न दबाब दिन सुरु गरेका छन्। आइतबार दुबैपक्षका गरि २७ सांसदले छलफल गरेका थिए।

यसअघि आइतबार बसेको बैठकमा पनि नेताहरुले पार्टी एकतामा जोड दिएका थिए।