मधेशका नेताको चाहना प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मधेशका नेताको चाहना प्रचण्ड प्रधानमन्त्री हुनुपर्ने !



काठमाडौँ। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेसको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,“मैले पहिलेपनि भनेको छु, आजपनि भन्छु सङ्घीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ।”

उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि विश्वास दिलाए । उनले भने,“प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो। उहाँ लिवरल हुनुहुन्छ ।” खस, बाहुन र क्षेत्री नेताहरूमध्ये सङ्घीयता र समावेशीताक पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो ।

त्यस्तै उनले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने माँग गरे ।

उनले भने,“हामीले त सर्वदलीय बैठकमा पनि भनिदिऔं कि तपाईँको सरकार छ, तपाईँले नै गर्नुहोस् भनेर म्याण्डेट दिऔँ, प्रदेश प्रमुखको नियुक्ति, मिति तोक्ने विषयमा छलफल भएको थियो । हामीले त बडा प्रस्ट रूपमा भनिदिएका थियौँ कि यस्तो विवादित विषयमा सबैलाई मिसाउने काम गर्नुभएन नि।” सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाई थियो ।

उनले केन्द्रीय सरकारमा आफूहरू जाने गणित नभएको पनि जिकिर गरे ।

यद्धपी उनले समर्थन दिने अवस्था बन्न सक्नेतर्फ सङ्केत गरे । उनले भने,“राजपा नेपाल सरकारमा जाने जनादेश छ्रैन् । अहिलेको हाम्रो मत भनेको फोरमसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने र संविधान संशोधनको लागि र मधेस आन्दोलनका एजेण्डाहरुलाई पूरा गराउन सङ्घर्ष गर्ने हो, जनताले यिनै दुई वटा काम गर्नको लागि हामीलाई जनादेश दिएका हुन्।”

प्रदेश नम्बर २ को राजधानी जनकपुर कि वीरगञ्ज बनाउने तपाईँहरूको के छ विचार भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,“राजपा र फोरमको बहुमत हुन्छ । पहिले सरकारले तोक्छ । राजपा विना पनि सरकार बन्छ । यो काम सरकारको हो । दुई तिहाइ पुग्ने अवस्था भयो भने हामी तोक्छौँ । अहिले त न म सरकार नै हो, न म प्रदेश सभाको सदस्य हुँ ।”

उनले २ नम्बर प्रदेशमा पनि सरकार कसको बन्छ भन्ने प्रश्नमा भने,“हामी प्रयास गरिरहेका छौँ । फोरमसँग एलायन्स चल्न सक्यो भने राम्रो हो । राजपाले हेराफेरी गर्दैन् । राष्टिय तथा प्रदेशको राजधानीमा के कम्पोजिशन बन्छ । त्यही हुन्छ