मदनकृष्ण अस्पताल भर्ना
काठमाडौं । कोरोना संक्रमण भएपछि घरमै आराम गरिरहेका लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । छातीमा सामान्य देखिएपछि उनलाई शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।
अहिले चिकित्सकको सल्लाहमा अस्पतालमा नै राखेर उपचार भइरहेको परिवारले जनाएको छ । छातीमा सामान्य इन्फेक्सन देखिएकोले भर्ना गर्नुपरेको बताइएको छ । उमेरको हिसावले पनि जोखिम हुने भएकाले उनलाई भर्ना गरिएको परिवारले जनाएको छ।
मदनकृष्ण अस्पतालमा भए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको परिवारले जनाएको छ । परिवारका अन्य सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसनमा छन् ।
मदनकृष्णले वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारलाई कोरोना पुष्टि भएको जानकारी गराएका थिए ।