मदन भण्डारीकै जिल्लामा रविन्द्र अधिकारीको निधन
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री तथा नेकपाका प्रभावशाली युवा नेता रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा अप्रत्यासित निधन भयो । ताप्लेजुङको फुङलीङ नगरापालिका–१० सिस्नेभिरमा मन्त्री अधिकारीसहित ७ जनाको निधनले सारा मुलुक शोकाकुल छ ।
जननेता मदन भण्डारीको जन्म पनि बि.सं २००९ साल अषाढ १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । संयोग पनि कस्तो जनताको बहुदलिय जनवादका प्रणेता भण्डारीको गृह जिल्लामै उहाँको विचारका चेला रवीन्द्र अधिकारीको अस्वभाविक निधन भयो ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जननेता भण्डारीको रहस्यमय दुर्घटनामा निधन भएको थियो । राजनीतीमा निकै सक्रिय अवस्थाकै उर्जाशिल उमेरमा जननेता भण्डारीको निधन भएको थियो । विडम्बना नै भन्नुपर्छ, २५ वर्ष वितिसक्दा पनि दासढुंगा घटनाको रहस्योद्घाटन हुन सकेको छैन ।
नेकपाका केन्द्रिय सदस्य, आम युवाका निकै प्रिय नेता रवीन्द्र अधिकारीको उस्तै प्रकृतिको दुर्घटनामा निधन भयो । बि.सं २०२६ साल बैशाख २२ गते जन्मनुभएका नेता अधिकारीको बुधवार ४९ बर्षको उमेरमा भएको निधनले आम जनताको मानस्पटलमा प्रश्नचिन्ह खडा गरिदिएको छ । घटनाको सत्यतथ्य बुझ्न बनेको छानविन समितिले कस्तो प्रतिवेदन पेश गर्ला ? त्यो थप कौतुहलताको बिषय बनेको छ ।