मदन भण्डारीले जबज आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव थिएन:प्रचण्ड - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

मदन भण्डारीले जबज आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव थिएन:प्रचण्ड



काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबज (जनताको बहुदलीय जनवाद) नभएको भए माओवादीको रक्षा सम्भव नभएको बताएका छन्।

शनिबार नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकमा सहभागीहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यदि, मदन भण्डारीले जनताको बहुदलीय जनवाद आविष्कार नगरेको भए माओवादीको रक्षा सम्भव थिएन। माओवादीले जनयुद्ध नगरेको भए हामी यो ठाउँमा आइपुग्ने थिएनौं।’

उनले एमाले र माओवादी इतिहासमा सधैं एक अर्काका पूरक भएर आएको बताए।

आफूहरु बीच परिपूरकको भूमिका रहेकाले नै नेपालमा कम्युनिस्टको रक्षा भएको प्रचण्डले बताए।

‘अब हामीले मिलेर समाजवादको रक्षा गर्नुपर्छ’, उनले भने, ‘विकास र समृद्धिको लक्ष्य पूरा गर्नुपर्छ।’

प्रचण्डले एमाले र माओवादीबीच विचित्रको तालमेल रहेको पनि बताए। ‘चाहेर वा नचाहेर पनि हामी एकअर्का परिपूरक भएरै यहाँसम्म आइपुगेका हौं’, उनले भने। प्रचण्डले आफूहरुको संघर्षले नै गणतन्त्र र संघीयता आएको बताए।