मदन भण्डारी स्पोर्टस एकेडेमीको सैनामैना कमिटी गठन - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

मदन भण्डारी स्पोर्टस एकेडेमीको सैनामैना कमिटी गठन



बुटवल ।  मदन भण्डारी स्पोर्टस एकेडेमीको सैनामैना नगर कमिटी गठन गरिएको छ । शनिबार रुपन्देहीको सैनामैनामा सम्पन एक नगर भेलाले यमलाल खरेलको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन.गरेको छ ।

जसको उपाध्यक्षमा प्रेम थापा,सचिबमा दिपक न्यौपाने ,कोषाध्यक्षमा कमल अर्याल र सहसचिबमा सुसिल भण्डारी चयन भएका छन । यसैगरी सदस्यहरुमा दिपक पुन,बादल चन्द,राजु पौडेल,जनक गौतम,अरुण गौतम,अस्न घिमिरे,प्रदिप पन्त,सचिन भण्डारी,बिराट पन्थि,टिका काफ्ले,बिमला गौतम,भगवती सारु,सुरज थापा,आशिष गौतम,तुल्सिराम चौधरी,केशब पाण्डे र सुमन श्रेष्ठ रहेका छन । यसैगरी एकेडेमीको नगर संरक्षकमा खुसिराम चौधरी रहनुभएको छ भने सल्लाहाकारहरुमा मिनप्रसाद पौडेल,कृष्ण घिमिरे,नारायण महत,जिबकान्त पाण्डे,नरबहादुर थापा, चन्द्रकान्त भण्डारी र ऋषी रिजाललाइ चयन गरिएको छ ।

यसैबिच “खेलकुदलाइ जिबनको अङ्ग बनाऔ, शान्ति र मित्रता कायम गरौ ”भन्ने मुल नारा सहित स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले सैनामैनाको खेलकुद बिकासमा टेवा पुर्याउने खालका कार्यक्रम गर्नुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । कार्यक्रममा बोल्दै सैनामैना नगरपालीकाका प्रमुख चित्र बहादुर कार्कीले सैनामैनामा खेलकुदको राम्रो सम्भावना रहेको र त्यसमा एकेडेमीले खेलकुद गतीबिधिसगै अन्य सामाजीक कामलाइ चलायमान बनाउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा एकेडेमीका प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्ती,उपाध्यक्ष मिनप्रसाद प्रोख्रेल,सचिब मेघराज भटराइ, नेकपा एमाले सैनामैना नगर संयोजक खुसीराम चौधरी,पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चित्र बहादुर केसी,प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गीरी,सैनामैना ब्यापार सघंका महासचिब देबराज पौडेल,मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला उपाध्यष युवराज सारु, क्षेत्र नं २ का अध्यक्ष मधु भटराइ , प्याब्सन रुपन्देहीका लेखा समिती सदस्य भोजराज पौडेल,लेखनाथ खनाल,महेश खनाल, टिका खरेलले आ आफ्नो भनाइ राखेका थिए । नगर भेलाका संयोजक यमलाल खरेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब दिपक न्यौपानेले गरेका थिए भने स्वागत ऋषी रिजालले गरेका थिए ।