मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर: फेरि लगियो अस्पताल - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर: फेरि लगियो अस्पताल



काठमाडौं- कोरोना संक्रमित भएर फेरि अस्पताल भर्ना भएका लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको सरिरमा अक्सिजनको लेभल निकै कम भएको बताइएको छ ।

स्वास्थ्यमा सुधार देखिएपछि ३ दिन अगाडी डिस्चार्ज गरी घर गएका श्रेष्ठलाई श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।

अक्सिजन लेभलमा कमी भएपछि बुधबार अपरान्ह उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको हो । अस्पतालबाट डिस्चार्ज गरेपनि उनलाई पूर्ण रूपमा कोरोना निको भएको थिएन। आइतबार केही सहज भएपछि अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई पुनः आज अस्पताल लगिएको हो ।

मदनकृष्णका छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्य सामान्य भएपनि कोरोना निको चाहिँ भैसकेको छैन ।