मादक पदार्थ सेवन गरि प्रहरी माथी आक्रमण - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

मादक पदार्थ सेवन गरि प्रहरी माथी आक्रमण



गोरखा । मादक पदार्थ सेवन गरेका युवाहरुको आक्रमणमा छोप्राक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नवराज केसी घाइते भएका छन् ।

बिहीबार राति सिरानचोक गाउँपालिका–५ छोप्राकको पहिचान ग्रिल उद्योगमा युवाहरुले ढुङ्गामुढा गरेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । ‘प्रहरी पुग्नासाथ युवाहरुले रड र दाउराले आक्रमण गरेछन्,’ एसपी प्रकाश अधिकारीले भने । घाइते प्रहरीको टाउको र अनुहारमा चोट लागेको छ । उनको गोरखा अस्पतालमा उपचार भएको एसपी अधिकारीले जानकारी दिए ।

घटनामा संलग्न दुइ युवाहरुलाई प्रहरीले बिहीबार राति नै नियन्त्रणमा लिएको छ । स्थानीय सुरेश बानियाँ र सुमन विकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले भने, ‘घटनामा संलग्नहरु अरु पनि छन्, खोजी गरिरहेका छौँ, अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।