मादक पदार्थ सेवन गरी अस्पताल तोडफोड गर्ने दुई पक्राउ - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

मादक पदार्थ सेवन गरी अस्पताल तोडफोड गर्ने दुई पक्राउ



जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ परेका छन्।

चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए।

मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेका उनहरुले शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको दाहालले बताए। रासस