माछा मार्ने क्रममा नदीमा डुबेर कञ्चनपुरमा १ को मृत्यु - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

माछा मार्ने क्रममा नदीमा डुबेर कञ्चनपुरमा १ को मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा माछा मार्ने क्रममा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका- ५ स्थित दोदा नदीमा डुबेर एकजनाको मृत्यु भएको हो ।

बुधवार बिहान पुनर्वास नगरपालिका- १ बस्ने सुक बहादुर चौधरीका छोरा बर्ष ५० का धर्मराज चौधरी माछा मार्नका लागि घरबाट निस्केको जनाइएको छ । माछा मार्ने क्रममा डुबेर चौधरीको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी दिए।

माछा मार्ने क्रममा चौधरी डुवेको खबर प्राप्त हुनासाथ दिउँसो एक बजेदेखी नेपाल प्रहरी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलारी र स्थानियको सहयोगमा शव तिब्र रुपमा खोजी कार्य जारी गर्दा मृतकको शव करिव ३ घण्टा पश्चात् फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढीमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक चन्दले जानकारी दिए ।