पहाडमा लामखुट्टे : लामखुट्टेको पहाडीनुको यस्तो छ कारण - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

पहाडमा लामखुट्टे : लामखुट्टेको पहाडीनुको यस्तो छ कारण



काठमाडौं-

दक्षिणपूर्वी एसियाका चिसो पहाडी क्षेत्रमा समेत लामखुट्टेले आफ्नो उपस्थिति देखाउन थालेका छन् ।

लामखुट्टेमा वंशानुगत (जेनेटिक) परिवर्तन नभई ग्राह्य (एडप्टिभ) परिवर्तनले गर्दा यस्तो भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालय, नेग्लेक्टेड ट्रपिकल डिजिज कन्ट्रोलका क्षेत्रीय सल्लाहकार डाक्टर अहमद जमसिद मोहम्मदका अनुसार हाल नेपाल, भुटानका उच्च पहाडी क्षेत्रमा समेत डेंगु फैलाउने इडिस एजेप्टाई लामखुट्टे देखिन थालेका छन् ।

केही बर्ष अघिसम्म समथर भूभागमा मात्र देखिने दिउँसो टोक्ने यो लामखुट्टे हाल उच्च पहाडी क्षेत्र ताक्दै छ । आजको कान्तिपुरमा खबर छ ।

हाल पहाडी क्षेत्रमा समेत गर्मी बढ्दै गएको औंल्याउँदै डाक्टर अहमदले लामखुट्टेको ‘पहाड यात्रा’ पछाडि ग्राह्य (एडप्टिभ) परिवर्तन कारक रहेको बताए ।