कागजरहित सरकार, म्याकबुक लिएर पहिलो बैठक - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

कागजरहित सरकार, म्याकबुक लिएर पहिलो बैठक



डिजिटलाइजेशनलाई महत्व दिइरहेको सरकारले पहिलो पटक मन्त्रिपरिषदलाई कागजरहित बनाएको छ।

बिहीबारको मन्त्रिपरिषद बैठकमा सहभागी मन्त्रीहरु म्याक बुकसहित उपस्थित भएका हुन्। प्रधानमन्त्री केपी शर्मा अाेलीका मुख्य सल्लाहकार विष्णु रिमालले अाजदेखि मन्त्रिपरिषद बैठक कागजरिहत भएकाे जानकारी दिए।

मन्त्रिपरिषद कागजरहित हुने भएपछि विषयगत मन्त्रालयहरूसँग बैठकमा ल्याउने प्रस्ताव पनि डिजिटल फाइनलमा मागिएको छ। इमेलमा प्रस्ताव फायल र त्यसकाे दुर्इ प्रति प्रिन्ट मन्त्रिपरिषद कार्यालयले मन्त्रालयहरूसँग माग गरेकाे थियाे।

‘प्रिन्ट गरिएकाे दुर्इ प्रति अभिलेखका लागि हाे’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्राेतले भन्याे, ‘प्रस्तावका बारे थप छलफल जरूरी भए त्याे पनि इमेलबाटै हुनेछ।’

अहिलेसम्म मन्त्रिपरिषदमा जाने प्रस्ताव कागजी हुँदै अाएकाे थियाे। मन्त्रालयले एउटा प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा मन्त्रीहरूलार्इ दिनेसहित ४४ प्रति प्रिन्ट गर्नुपर्नुपर्थ्याे। मन्त्रिपरिषदले फिर्ता पठाइदिए फेरि त्यति नै प्रति प्रिन्ट गर्नुपर्ने हुन्थ्याे।