ममता बेनर्जीले गरीन मोदीको बहिस्कार - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

ममता बेनर्जीले गरीन मोदीको बहिस्कार



एजेन्सी– पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी अध्यक्ष ममता बेनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा जान अस्विकार गरेकी छन्।

ममता बेनर्जी मोदीको सपथग्रहण कार्यक्रममा उपस्थित हुने बताइएको थियो। तर उनले बुधबार ट्वीटरमा नरेन्द्र मोदीलाई एक चिठी लेख्दै सपथग्रहण कार्यक्रममा उपस्थित नहुने बताएकी छन्।

भाजपाले लोकसभा चुनावको क्रममा पश्चिम बंगालमा आफ्ना ५४ जना कार्यकर्ताको ज्यान गएको भ्रामक रिपोर्ट सार्वजनिक गर्दै त्यसलाई राजनीतिक हत्याकाे नाम दिएकाे भन्दै उनले मोदीको सपथ ग्रहण बहिष्कार गर्ने घोषणा गरेकी हुन्। उनले भनेकी छन्,‘मोदीजी म माफी चाहन्छु, म समारोहमा आउन सक्तिन।’

लोकसभामा पश्चिम बंगालमा ममताको पार्टी पराजित भएको थियो। कुल ४२ सिट मध्य ममता बेनर्जी नेतृत्वको तृणमुल कांग्रेसले २२ र भाजपाले १८ सिट जितेको छ। यसअघि लोकसभामा तृणमुल कांग्रेसको ३७ सिट थियो।

यस्तै केरलाका मुख्यमन्त्री पी विजयन पनि माेदीकाे सपथ ग्रहणमा सहभागि नहुने बताइएको छ। नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रम बिहीबार साँझ सात बजे राखिएको छ।