ओलीले भने गगनले ठिक भन्नु भएको हो म महाराजा होइन ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

ओलीले भने गगनले ठिक भन्नु भएको हो म महाराजा होइन !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकृष्ण ढुंगलको कैद मिनाह नियम कानुन अनुसार नै भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई आफूले व्यक्तिगत रुपमा नचिन्ने बताए । सँगै रहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हिजो छुटेको के ढुंगेल अरे भन्दै सोधेर सम्बोधन सुरु गरेका उनले भने, ‘बालकृष्ण ढुंगेललाई मैले भनेको पनि छैन, चिन्दा पनि चिन्दिनँ ।’

कारागार व्यवस्थापन विभागले गरेको सिफारिसका आधारमा सरकारले ८१६ जनाको बाँकी कैद मिनाह गर्न सिफारिस गरेको उनले बताए । मन्त्रिपरिषद्मा तीन पुस्ते मगाएर हेर्ने चलन नभएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘पहिलो पटक कैद मिनाह गरेको पनि होइन ।’

ढुंगेलको कैद मिनाहलाई लिएर मंगलबार सांसद गगन थापाले प्रधानमन्त्री महाराजा होइन भनेको स्मरण गर्दै उनले भने, ‘उहाँले ठीक भन्नु भएको हो । म महाराजा होइन, राजा फालेर आएको मान्छे हुँ ।’

ढुंगेलको रिहाइको विरोध गरेका कांग्रेस सांसद थापा मंगलबारको संसद बैठकमा हिजो राजाले माफी दिने गरेको भन्दै गणतन्त्रमा प्रधानमन्त्री ‘राजा’ नभएकाले माफी दिन नमिल्ने बताएका थिए ।अनलाईनखबर