लुम्बिनी अञ्चल अस्पतालमा ४ हजार बढीले पाए निःशुल्क सेवा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लुम्बिनी अञ्चल अस्पतालमा ४ हजार बढीले पाए निःशुल्क सेवा



रुपन्देही–

लुम्बिनी अञ्चल अस्पताल बुटबलमा गत २०७३ भदौदेखि ०७४ असारसम्म लक्षित समूहका ४ हजार २ सय ९८ जनाले निःशुल्क सेवा लिएका छन्।

लुम्बिनी अञ्चल अस्पताल बुटबलको सामाजिक सेवा इकाइले लक्षित समूहका बिरामीको परिचयका आधारमा निःशुल्क औषधि तथा अन्य सेवा उपलब्ध गराएको हो।

सेवा लिनेमा २ हजारा १ सय गरिब, १ हजार ८ सय ६८ जेष्ठ नागरिक, २२ जना असहाय, ४ जना लैंगिक हिंसा प्रभावित, ५३ जना महिला स्वास्थ्य स्वयंसेविका, ११ जना कुपोषित, ११ जना सहिद परिवार सदस्य, ५ जना दैवी प्रकोप प्रभावित, १३ जना थुनुवा, १० जना दुर्घटनाका घाइते र अन्य १ गरी ४ हजार २ सय ९८ जनाले सेवा लिएको सामाजिक सेवा इकाइ प्रमुख दयासागर पन्थीले बताए।

अस्पतालले लक्षिण वर्गलाई ५३ लाख ३ हजार १ सय ८ रुपैयाँको औषधिसहित अन्य सेवा दिएको हो।