लुम्बिनीका एक सांसदले दिए राजिनामा: दुईले गठबन्धन रोज्ने
बुटवल- लुम्बिनी प्रदेश सभाका नेकपा (एमाले) सांसद नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् ।
उनले राजीनामा पत्रमा भनेका छन्, ‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हुँ । हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिदेखि लागू हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेको छु ।’
अर्का दुई सांसद धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले गठबनधनलाई सहयोग गर्ने निष्कर्ष निकालेका छन् ।
सांसद शाहीले आफूहरूले गठबन्धनलाई नै सघाउने निर्णय गरेको बताए । शाही र श्रीवास्तव स्वतन्त्र उमेदवारका रुपमा सूर्य चिह्नबाट चुनाव लडेका थिए ।