लुम्बिनी प्रदेशसभाको रिट भट्टराईको इजलासमा
काठमाडौं- लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि आज सुनुवाई हुँदैछ ।
प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ ।
न्यायाधीश भट्टराईको इजलासमा उक्त रिट निवेदन आठौँ नम्बरको पेसी सूचीमा छ । प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।