लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, देउवालाई पत्र लेख्ने तयारी - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी, देउवालाई पत्र लेख्ने तयारी



लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूबीच आलोपालो सरकार चलाउने गरी भएको भद्र सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

एमाले नेतृत्वको सरकार विस्थापित गर्दा गठबन्धन दलका नेताहरूबीच भएको भद्र सहमति पालना हुनुपर्ने भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले सोही अनुसार सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको हो ।

मुख्यमन्त्रीको आलोपालो विषयलाई लिएर प्रदेश संसदीय दलले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र पठाउने कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।

उनले भने, ‘नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले सहमति कार्यान्वयन गराउन केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पत्र पठाउने निर्णय गरेकाे छ । ‘ आइतबार देउवालाई पत्र पठाउने उनले बताए ।

भद्र सहमति कार्यावन्यन भएमा लुम्बिनी प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले सरकारको नेतृत्व छाड्नुपर्ने हुन्छ । केसीलाई हटाएर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने दाउमा छन् ।