लुम्बिनीमा बन्यो ७ सदस्यीय मन्त्रिमण्डल : यस्तो छ नामावली र वरियता - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

लुम्बिनीमा बन्यो ७ सदस्यीय मन्त्रिमण्डल : यस्तो छ नामावली र वरियता



काठमाडौं-रुपन्देही- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार साँझ एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसी बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए ।

केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि ६ जना मन्त्रीले शपथ लिएका छन् ।नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपालका ६ जना मन्त्री बनेका छन् । जसपाका ३ जना सांसदमध्ये ३ जना नै मन्त्री बनेका छन् ।

नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जसपाका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन् ।

जसपाका पुर्मती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाहीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । रायमाझी शंकर पोखरेल नेतृत्वको सरकारमा विना विभागीय मन्त्री थिइन् ।