लुम्बिनीमा बजेट संशोधन हुने, सञ्चार विधेयक खारेज गरिने - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

लुम्बिनीमा बजेट संशोधन हुने, सञ्चार विधेयक खारेज गरिने



बुटवल- लुम्बिनी प्रदेशमा अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने भएको छ । हिजोमात्रोई नियुक्त भहेका मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने बताएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले उनले दुरासयपूर्ण नियतबाट आएको बजेट तथा नीति तथा कार्यक्रम संशोधन हुने बताएका हुन् ।उनले आफ्नो पहिलो काम विधि र प्रक्रियालाई कार्यान्वयन गर्ने तथा प्रदेशको संरचनालाई बलियो बनाउने तर्फ केन्द्रित हुने बताए । प्रदेशबाट जनताले गरेको अपेक्षालाई देखिने गरेर पुरा गर्नु सरकारको कर्तब्य भएको बताउँदै मुख्यमन्त्री केसीले सरकारका काम परिणाममुखी हुने बताए ।

केसीले संसद्‌बाट पारित नै नभएको बजेट स्वाभाविकरुपमा संशोधन हुने बताए । उनले संविधानले व्यवस्था गरे अनुसार संसद्‌को बाटोबाट आउनुपर्ने बजेट सदनको सर्वोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट आएको टिप्पणी गर्दै त्यस्तो बजेट संशोधन हुनुलाई स्वाभाविक मान्‍नुपर्ने बताए । ‘संविधानत सदनको सर्वोच्चतालाई अवहेलना गरेर अध्यादेशबाट बजेट ल्याउने गलत मनसाय नै थियो ।’ उनले भने,‘पेश गर्ने अनि भागेर हिँड्न मिल्दैन, त्यो लोकतान्त्रिक अभ्यास पनि होइन ।’

केसीले सञ्चार विधेयक विषयगत समितिमा छलफलमा रहेको बताउँदै सरोकारवाला निकायको सुझाव अनुसार संशोधन गरेर अगाडी बढ्ने बताए । सञ्चार विधेयक खारेज गर्न सरोकारवाला निकायले यसअघि नै सुझाव दिएका छन्। विपक्षी एमालेलाई लक्षित गर्दै मुख्यमन्त्री केसीले कुर्सी सिध्याउने र आफु बाँच्‍ने संस्कार नदेखाइने बताए ।

घटनाक्रमले संविधानमाथि नै प्रश्न उठ्ने गरि अस्थिरता आएको उल्लेख गर्दै उनले कानुनी र संवैधानिकरुपमा सहि बाटोमा आएको अवस्थालाई नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिने स्पष्ट पारे । उनले फरक फरक सिद्धान्त र विचार भएको गठबन्धनभित्र लोकतन्त्रलाई मजबुत बनाउने र गणतन्त्रलाई संस्थागत गर्ने विषयमा एक मत रहेको बताउँदै उनले संविधानको सहित कार्यान्वयन नै गठबन्धनको कार्यभार भएको बताए ।

८/८ महिनाको आलोपालो सरकार सञ्‍चालन गर्ने सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री केसीले आपसी समझदारीका आधारमा लोतान्त्रिक संस्कार देखाइने प्रतिवद्धता व्यक्त गरे ।