लुम्बिनी प्रदेशका मन्त्रीमाथि एमालेले चलायो कारबाहीको डण्डा - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

लुम्बिनी प्रदेशका मन्त्रीमाथि एमालेले चलायो कारबाहीको डण्डा



काठमाडौं- लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरी चार दलीय गठबन्धनलाई सहयोग गरेको भनेर एमालेले नवलपरासीका सांसद अजय शाहीमाथि आर्बाहिको डण्डा चलाएको छ । उनलाई एमालेले स्पष्टीकरण मागेको छ।

एमालेको प्रदेश संसदीय दल लुम्बिनी प्रदेशले सांसद अजय शाहीलाई स्पष्टीकरण सोधेको हो। २०७४ साल मंसिरमा भएको निर्वाचनमा परासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नं. १(२) बाट सूर्य चिह्न लिई विजय भएका शाहीले बिहीबार मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिमण्डलमा विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन्। मन्त्री बनेका शाहीलाई एमालेले स्षष्टीकरण सोधेको छ।

एमालेको प्रदेश संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकेलले सूर्य चुनाव चिह्न लिई विजयी भए पश्चात नेकपा एमालेको संसदीय दलको बैठकमा भाग लिने र आफ्ना गतिविधीहरु गर्ने गरेको भएपनि केही दिन यताका शाहीका गतिविधिहरु दल र दलका हित विपरित सञ्चालन भैरहेको जनाइएको छ।

स्पष्टीकरण पत्रमा सोधिएको छ, ‘ गत आर्थिक वर्ष ०७८/०७२ को सरकारले प्रदेश सभामा प्रस्तुत बजेट पारित गर्ने २०७८/०३३० गतेका दिन दलको ह्वीप उत्धन गरी बैठकमा विना जानकारी किन अनुपस्थित जनाउनु भएको हो ?’

शंकर पोखरेलका विरुद्धमा अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्वीप उल्यन गरी बैठकमा किन भाग लिएको भन्दै शाहीलाई प्रश्न गरिएको छ। ‘२०७८ श्रावण २७ गते असंवैधानिक हिसाबले सविधानको भावना र मर्म विपरित प्रदेश प्रमुखले प्रदेश सभाको बैठक समावेदन गर्न र त्यसमा प्रदेश सरकार मुख्यमन्त्री मा. शंकर पोखरेलका विरुद्धमा अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्वीप उल्यन गरी बैठकमा किन भाग लिनु भयो। सरकारको विरुद्धमा ल्याएको अविश्वासको पक्षमा किन हस्ताक्षर गर्नु भयो ?’

लुम्बिनी प्रदेश सभामा एमाले सचेतक भूमिश्वर ढकालले पत्र लेखेर सांसद शाहीलाई ३ दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनेका हुन्। अन्यथा कारबाही गर्ने चेतावनी दिइएको छ।