लुम्बिनी प्रदेशमा सांसद र प्रहरीबीच झडप: सांसदहरू घाइते - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

लुम्बिनी प्रदेशमा सांसद र प्रहरीबीच झडप: सांसदहरू घाइते



बुटवल- लुम्बिनी प्रदेशमा सांसद र प्रहरीबीच झडप भएको छ । प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको हो ।

अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

अहिले मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बल प्रयोग गरेको हो । यादव अहिले घेराबाट निस्किसकेका छन् ।

मुख्यमन्त्री पोखरेलले अहिले राति नै पद तथा गोपनियताको शपथ लिने तयारी भैरहेको छ ।