लुम्बिनीमा जसपालाई चिट्ठा, मुख्यमन्त्रीसँगै ६ जना मन्त्रीको पनि सपथ
काठमाडौं- लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परेपछि राजिनामा दिएका थिए ।
पोखरेलले राजिनामा दिएलगत्तै प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न आग्रह गरेका थिए । २२ घण्टाको समय राखेर गरिएको दाबीमा माओवादीका केसीको मात्र निवेदन परेको थियो ।
केसीले अहिले केही बेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । यससँगै मुख्यमन्त्री केसीले मन्त्रिमण्डल पनि विस्तार गर्ने भएका छन् ।उनीसँगै अरू ६ जना मन्त्री आज नै थपिने बहेका छन् ।
नयाँ मन्त्रीमण्डलमा जनता समाजवादी पार्टी जसपालाई भने चिट्ठा परेको छ। लुम्बिनीमा जसपाका तीन सांसद मात्रै छन् यी तिनै जना मन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्रीको सपथसँगै उनीहरूले पनि पदको शपथ लिने बताइएको छ । आज बन्ने मन्त्रीहरूमा माओवादीबाट दुईजना, नेपाली कांग्रेसबाट एक र जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सांसद मन्त्री बन्दै छन् ।