सत्ता गठबन्धन लुम्बिनीबाट किन 'आउट' भयो नेकपा (एस) ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सत्ता गठबन्धन लुम्बिनीबाट किन ‘आउट’ भयो नेकपा (एस) ?



रूपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी ‘आउट’ भएको बिषयले राजनितिक माहोल तातिएको छ । चुनावमा पाँच दल मिलेर जाने केन्द्रमा सहमति हुँदा लुम्बिनी प्रदेशमा भने बैठकमै एकीकृत समाजवादी देखिएन ।

सत्ता गठबन्धन दलहरूको बैठकमा नेकपा एसको सहभागिता नभएको विज्ञप्ति नै बाहिर आएपछि यसबारे विभिन्न टिका-टिप्पणी हुन थालेका छन्।

पाँचै दल क्रियाशील रहेको लुम्बिनीमा नेकपा एसको सहभागितबिना अन्य दलको हस्ताक्षरसहितको गठबन्धन गर्ने निर्णय बाहिर आएपछि चर्चाको विषय बनेको छ ।

नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले नेकपा एसको बैठकमा सहभागिता नभएको बताए ।

नेकपा एसका केन्द्रीय सदस्य सिद्विचरण भट्टराईले ढिला सूचना भएको, प्रदेश अध्यक्ष मेटमणि चौधरी काठमाडौंमा रहेको र अरूको अन्य बैठक भएकाले जान नभ्याएको दाबी गरे ।