लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीद्वारा साहित्यिक कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीद्वारा साहित्यिक कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिवार दीप बोर्डिङ हाई स्कुल बुटवल–८, सुख्खानगरको सभाहलमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवालीले नेपाली साहित्यमा गीति परम्परा विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सङ्गीतकार सुरेश सेन्चुरीले सङ्गीतसँग सम्बन्धित प्रवचन दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश नं. ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेयले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, संबद्र्धन तथा उत्थान गर्न लुम्बिनी वाङ्मय प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

त्यसैगरि लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयले साहित्यकार, कलाकार, चित्रकार, मूर्तीकार एवम् संस्कृतिविद्हरूसँगको सम्बन्धलाई सुमधुर बढाउन संस्थाले कार्य गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

संस्थाका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश नं. ५ का अध्यक्ष डिल्लीनारायण पाण्डेयको प्रमुख आतिथ्यता, दीप बोर्डिङ हाई स्कूलका उप प्राचार्य कलाधर अर्याल, राष्ट्रिय कलाकार विधान कार्की, कृष्ण प्रसाद कोइराला, गायक माधव सापकोटा, साहित्यकार देवेन्द्र घिमिरे, हिरण्यलाल ज्ञवाली, ऋषि आजाद, लक्ष्मण ज्ञवाली, दीपक ज्ञवाली, एच.बी. रम्तेल, जङ्गबहादुर शाह, हरि पौडेल, सङ्गीतकार सुरेश सेन्चुरी, राजेन्द्र कुमार आचार्य, दुर्गा वि.क, माधव पन्थ लगायतको आतिथ्यता तथा गायक विजय सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाकी सदस्य सुमित्रा रानाले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण गाउँलेले गर्नुभएको थियो ।

कार्यक्रममा आकाश थापा, बालकृष्ण ज्ञवाली, दिनेश खड्का, टीकाराम बलामी, कृष्ण भुसाल,, श्याम बस्याल, विष्णुप्रसाद भुसाल, प्रचण्डराज पाण्डे, विष्णु भुसाल, नवराज भुसाल, यज्ञलाल, सुवेदी, यमबहादुर थापा, मीना राना, ठमी थापा, मन कुमारी थापा नुमा राहदी मगर, सङ्गीता राहादी मगर, घनश्याम घिमिरे, चन्द्रकान्त डुम्रे, गणेश खनाल, दीप पाण्डे, आकाश थापा, राजु खनाल, प्रकाश वर्मा, इन्दिरा पाण्डे, सुनिता पन्थ, रुपा रौतार, सरला थापा, राजेश सिंजाली, दीपक दर्लामी, यम पुन मगर, किरण पन्थी, विष्णुविवश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।