लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु



रुपन्देही। भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा शनिवारदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरे।

अठतिस देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ । गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी छन् ।

सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् ।दुई दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ । लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समितिका संयोजक प्रा डा नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरुले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर प्रचारप्रसार गर्ने बताए । रासस